सिजी मोटर्स ‘मेगा सेल्स एण्ड एक्स्चेन्ज कार्निभल’ एक दिन थप

काठमाडौं । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सिजी मोटर्सले आयोजना गरेको मेगा सेल्स एण्ड एक्स्चेन्ज कार्निभल एक दिन थप भएको छ । आइतबारसम्म सञ्चालित कार्निभल अब माघ १९ गते सोमबार सकिनेछ ।

माघ १५ गते बिहीबार सुरु भएको कार्निभलमा हालसम्म अवलोकनकर्ता तथा ग्राहकहरुकोे उत्साहजनक उपस्थिति देखिएको प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले जानकारी दिए ।

कार्निभलमा सिजी मोटर्सले बिक्री गर्ने स्मार्ट, एक्सपेङ, डायुन, आयन, रिडारा, किङलोङ, नेटाका विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएका छन् । एउटै छानामुनी मल्टिपल ब्राण्डलाई अनुभव गर्न, एक्स्चेन्ज तथा टेष्टड्राइभ गर्न सकिनेछ ।

आकर्षक अफरहरुसहित कार्निभल आयोजना गरिएकाले पनि ग्राहकको आकर्षण देखिएको सिवाकोटीले बताए । स्पट फाइनान्स सुविधाका लागि बैंकहरुको स्टल पनि राखिएको छ ।

You might also like

Comments are closed.