हुन्डाई क्रेटा ईभीमा ड्राइगिङ रेञ्ज बढाउन BMS अपडेट

काठमाडौं । हुन्डाई नेपालले आफ्ना सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई याँ सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ । उक्त अपडेटमार्फत ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) लाई नेपाली सडक अवस्था र ड्राइभिङ व्यवहारलाई ध्यानमा राखी पुनः क्यालिब्रेट तथा अप्टिमाइज गरिएको कम्पनीले जनाएको छ ।

यस अपडेटपश्चात ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म अतिरिक्त रेञ्ज प्राप्त गर्न सक्नेछन्। नयाँ अपडेटले दैनिक आवागमन तथा लामो यात्रामा क्रेटा EV को प्रयोगलाई थप सहज, भरपर्दो र सुविधाजनक बनाउने विश्वास हुन्डाई नेपालले व्यक्त गरेको छ ।

हुन्डाईको देशव्यापी आधिकारिक सेवा सञ्जाल मार्फत यो सफ्टवेयर अपडेट कार्यान्वयन गरिएको छ, जसका कारण नेपालभरका सबै क्रेटा EV ग्राहकहरूले सजिलै यस सेवाको लाभ लिन सक्नेछन्। कम्पनीले आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको जनाएको छ।

नेपालमा विश्वसनीय ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल, भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी Re-Lax Recharge Network, तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टको बलमा सशक्त बन्दै आएको छ । उक्त प्लान्ट नेपालकै क मात्र चारपाङ्ग्रे सवारी साधन एसेम्ब्ली प्लान्ट हो ।

यी सबै पक्षहरूले हुन्डाई नेपालको गुणस्तरीय सवारी अनुभव र दीर्घकालीन ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै आएको कम्पनीको दाबी छ ।

You might also like

Comments are closed.