काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १४ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २ हजार ६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।



Comments are closed.