सागर ग्रुपको आयोजनामा प्रविधि एक्स्पो हुने

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय सागर ग्रुपले आगामी माघ २२ गतेदेखि २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। ‘Baleyo Experience: Technology & Lifestyle’ नाम दिइएको यो कार्यक्रम सागर ग्रुपले आयोजना गर्दै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।

ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नयाँ प्रवृत्ति, नवीन उत्पादन र बजारको अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको सागर ग्रुपले जनाएको छ । सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस्ता कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

एक्स्पोमा प्रमुख प्रायोजक x-Lab सहित Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, iDP तथा Odoo लगायतका ब्राण्डका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरूबाट डेमो, परामर्श र आवश्यक जानकारी प्रदान गरिनेछ ।

एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट र अतिरिक्त सेवा पाउनेछन् । साथै x-Lab, Brother र Konica Minolta ले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै विभिन्न प्रोडक्ट ट्रेनिङ कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

६ दिनसम्म सञ्चालन हुने एक्स्पो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । आगन्तुकहरूलाई हाई टी र गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत Micropack को गेमिङ कम्बो सेट उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

You might also like

Comments are closed.