काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले माघ २० गते कम्पनीलाई सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले पाएको छ ।
Comments are closed.