काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा एकै दिन प्रतितोला ९ हजार ५ सय रुपैयाँको गिरावट आएको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । यसअघि हिजो बुधवार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ ।
आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठुलो असर देखिएको महासंघले जनाएको छ ।




Comments are closed.