काठमाडौं । नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले भुटानमा आधिकारिक रूपमा आफ्नो उपस्थितिसँगै अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जसलाई नेपालको बढ्दो अटोमोबाइल उद्योगका लागि विश्व मञ्चमा गर्वको छलाङका रूपमा हेरिएको छ।
सन् २०१३ मा स्थापना भएदेखि एड्भेन्चर तथा अफ–रोड राइडर समुदायका लागि उच्च प्रदर्शन युक्त मोटरसाइकलहरू प्रस्तुत गर्दै आएको क्रसफायरले सशक्त डिलर नेटवर्क, उत्पादन श्रृंखला विस्तार, मोटरस्पोर्ट्स प्रवर्द्धन र राइडर समुदाय सशक्तीकरणमार्फत आफूलाई केवल ब्रान्ड नभई एक आन्दोलनका रूपमा स्थापित गरेको छ।
भुटानको चुबाचुमा सम्पन्न उद्घाटन कार्यक्रममा आधिकारिक शोरूम सञ्चालन, नेपालका चर्चित स्टन्ट राइडर सरोज दा (Hidden Action Nepal) द्वारा रोमाञ्चक प्रदर्शन तथा भुटानी राइडरहरूका लागि उत्पादन प्रदर्शन र टेस्ट राइड अनुभव प्रदान गरिएको थियो, जहाँ उल्लेखनीय जनसहभागिता देखिएको थियो ।
यसैसँग भुटानमा क्रसफायर RMZ 250 मोडलको बिक्री औपचारिक रूपमा सुरु भइसकेको छ, जसले कम्पनीको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक यात्राको थालनी गरेको छ भने निकट भविष्यमा विद्युतीय मोबिलिटीअन्तर्गत Crossfire EV GAROW सहित थप उत्पादनहरू भुटानी बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।






Comments are closed.