मोरङ । वैदेशिक अध्ययन तथा भाषा प्रशिक्षण क्षेत्रमा स्थापित शैक्षिक संस्था जीआईईसीले काठमाडौं र बुटवलपछि मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र बिराटचोकमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सुरुवात गरेको छ ।
संस्थाको शाखा उद्घाटन मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी भोलेश्वर दुलाल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा जीआईईसीका अध्यक्ष नवराज केशीले काठमाडौंपछि बुटवल र त्यसपछि बिराटचोक रोज्नु रणनीतिक निर्णय भएको बताउँदै हालसम्म करिब १० हजारभन्दा बढी विद्यार्थी संस्थासँग आबद्ध भइसकेको जानकारी दिए ।
उनका अनुसार अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, जापानलगायत १० भन्दा बढी मुलुकमा अध्ययनका अवसर प्रदान गर्दै आएको जीआईईसीले जापानीज, कोरियन लगायत विभिन्न भाषा प्रशिक्षण तथा आईईएलटीएस तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
बिराटचोक शाखाका प्रबन्ध निर्देशक बिना पोखरेलले अब पूर्वी नेपालका विद्यार्थीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुँदै यहीँबाट गुणस्तरीय, पारदर्शी र भरोसायोग्य सेवा प्राप्त हुने बताए ।

कार्यक्रममा बोल्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जीआईईसीजस्ता प्रतिष्ठित शैक्षिक संस्थाको आगमनले यस क्षेत्रको शैक्षिक र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए । “स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श र भाषा तालिम उपलब्ध हुनु यहाँका विद्यार्थीका लागि ठूलो अवसर हो,” उनले भने । यस्ता संस्थाको स्थापनाले रोजगारी सिर्जना गर्नुका साथै नगरको शैक्षिक पहिचानलाई समेत मजबुत बनाउने उनको भनाइ थियो ।
त्यसैगरी उद्योगपति तथा मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जीआईईसीको सेवा विस्तारले विद्यार्थी र अभिभावकलाई काठमाडौं धाउनुपर्ने झन्झट कम हुने उल्लेख गरे । “अब यहीँबाट विश्वस्तरको सेवा पाउँदा समय, खर्च र झन्झट सबैको बचत हुन्छ,” उनले बताए । साथै छाता संगठन उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै सधैं साथ र सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरे ।




Comments are closed.