काठमाडाैं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६™ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई x फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ ।
यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६™ का खेल आयोजक देशहरू अमेरिका क्यानडा वा मेक्सिको मध्ये कुनै एकमा प्रत्यक्ष रूपमा हेर्ने जीवनमा एकपटक मात्र प्राप्त हुने अवसर जित्ने मौका पाउनेछन् ।
भाग्यशाली विजेताले यो अविस्मरणीय अनुभव आफ्ना एक जना सहयात्रीसँग साझा गर्दै विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च सँगै अनुभूति गर्न सक्नेछन् । यस अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै, यस अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्नेछन्, जसले ग्राहकहरूको ह्युन्डाई अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउनेछ ।
फिफा विश्वकप २०२६™ को आधिकारिक साझेदारको रूपमा ह्युन्डाईले उत्साह, प्रदर्शन र प्रगतिलाई उत्सव मनाउने विश्वव्यापी मञ्चमार्फत आफ्ना ग्राहकहरूसँग निरन्तर सम्बन्ध मजबुत गर्दै आएको छ । इच्छुक ग्राहकहरूलाई नजिकको ह्युन्डाई शोरुममा गई टेस्ट ड्राइभ अभियानमा सहभागी भई फिफा विश्वकप २०२६™ को रोमाञ्चक यात्राको हिस्सा बन्न आग्रह गरिएको छ ।




Comments are closed.