सुपर खुदी हाइड्रोपावरको आईपीओमा २३ गुणा बढी आवेदन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा निकै बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा करिब २३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २७ लाख ६ हजार ८७९ जना आवेदकबाट तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरका लागि आवेदन परेको छ ।

कम्पनीले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.