अब पाँच दिनपछि मात्र शेयर बजार खुल्ने

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २० देखि २४ गतेसम्म सार्वजनिक बिदा दिइएकाले अब शेयर बजार फागुन २५ गते सोमबार मात्रै खुल्ने भएको छ ।

यस साता दुई दिन मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निर्वाचनअघिको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई कायम राखेको हो ।

मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ । निर्वाचनपछि बजारको दिशा कस्तो रहने भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ ।

You might also like

Comments are closed.