बेलायती टोलीद्वारा एनटिएचएमसिको अवलोकन

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बेलायतबाट आएको एक टोलीले अवलोकन छलफल गरेको छ । टोलीलाई कलेजका अध्यक्ष अशोक पालिखे लगायतले स्वागत गरेका थिए ।

लामो समयदेखि बेलायतका बसोबास गर्दै आएका सहारा क्लव युकेका संस्थापक अध्यक्ष समेत रहेका नविन गुरुङको नेतृत्वमा आएको ३१ जनाको बेलायती नागरिकको टोलीले अवलोकन गरेको हो । सो अवसरमा दुई देशबीच संस्कृति र पर्यटन एक्सचेन्सका कार्यक्रमबारे छलफल भएको छ ।

कलेजका अध्यक्ष अशोक पालिखेले एनटिएचएमसिका विविध पक्षहरुका जानकारी गराए। नीजि स्तरबाट खोलिएको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसिले रजत वर्ष पार गरेको र अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ भईसकेको बताए ।

हाम्रा विद्यार्थीहरु ४३ बढी देशका उच्चस्तरका होटलहरुमा काम गरिरहेक, स्वेदशमा पनि कतिले आफ्नै व्यवसाय सञ्चालन गरेर बसेका तथा कोहि पनि खाlल हात नरहेको बताए । आगामी दिनहरुमा नेपाली संस्कृति, खानाको विविधताबारे एक अर्काको देशका खानाका परिकार बनाउने लगायतका विषयहरुमा तालिम सञ्चालन गर्न सकिने बताए ।

टोलीको नेतृत्व गरेका नविन गुरुङले बेलायती नागरिकहरुलाई नेपालमा घुम्नका लागि, नेपालको विविधताका बारेमा जान्नका लागि र पिकल बल खेलको प्रवर्धनका लागि काम गर्न सकिने बताए । उनले पोखरामा आएको क्याम्ब्रिज पिकल बल क्लवले कुमुदिनी होम्स माध्इमिक विद्यालयका विद्यार्थीलाई पिकल बल खेलको प्रशिक्षण दिएको पनि बताए ।

सो अवसरमा क्याम्ब्रिज पिकल बल क्लवका सदस्यहरुले कलेजको हाउस किपिङ, बेकरी, अत्याधुनिक फुड ल्याव लगायतका बस्तुस्थितिको बारेमा जानकारी लिए । कलेजमा अध्ययरत बीएचएमका विद्यार्थीद्वारा तयार पारिएका खानाका परिकारको स्वाद लिएका थिए । सहायक प्रिन्सिपल राजकुमार कार्किले फुड ल्यावको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा कलेजका निर्देशक जयराम हमाल, सत्रुघन के.सी., हरि पराजुली, लेखा प्रमुख कविन्द्र कोईराला, पत्रकार विष्णु गौतम लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.