काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा नेपाल फुटबल खेलाडी संघले राखेको ताला खुलाइएको छ । खेलाडी संघका विभिन्न मागहरू पूरा नभएको भन्दै राखिएको ताला एन्फा र खेलाडी संघबीचको बैठकपछि सहमतिका आधारमा हटाइएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेलाडी संघसँग होस्टलमा बसेर भएको बैठकपछि सहमति भएको र त्यसपछि ताला खुलाइएको हो ।
त्यसैगरी, एन्फाले सहमतिबारे थप जानकारी दिन आजै पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ ।




Comments are closed.