सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आजको बजारमा चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । मंगलबारको बजारमा चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.