कालिन्चोक हाइड्रोपावर आईपीओ आवेदन म्याद लम्बियो

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने अवधि चैत १२ सम्म लम्बाएको छ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५% बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। आवेदन न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म दिन सकिनेछ ।

आईपीओको रेटिङ अनुसार CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP BB इस्यूअर रेटिङ दिएको छ ।

कम्पनीको ५ मेगावाट साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड र प्रतिमेगावाट लागत २४ करोड १४ लाख रहेको छ। विद्युत अनुमतिपत्र अझै २९ वर्ष ५ महिना बाँकी छ।

शेयर आवेदन बिक्री प्रबन्धक RBB Merchant Banking Limited मार्फत आयोजना कार्यालय, बिगु गाउँपालिका–८ तथा Nepal Bank Limited, Sindhu Bikash BankNepal Investment Bank सिङ्गटी शाखाबाट दिन सकिनेछ। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

You might also like

Comments are closed.