पोखरा। महालक्ष्मी विकास बैंकले दुईदिने कार्यशालाको आयोजना गरी दिगो बैकिङ्ग प्रवद्र्धन र वातावरण, संस्कृति तथा सम्पदा संरक्षण प्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । दुई दिने कार्यशालाले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको वित्तीय अवस्था, हालै सम्पन्न सफल निर्वाचनपछि सिर्जना भएको सकारात्मक परिस्थितिहरू र अन्तर्राष्ट्रिय आर्थिक चुनौतीहरूको विश्लेषण गरेको थियो ।
कार्यक्रम अन्तर्गत फेवाताल किनारमा सामूहिक पदयात्रा पनि गरिएको थियो, जसले दिगो वित्तीय अभ्यास र हरित बैंकिङ्गको आवश्यकता सम्बन्धी सन्देश आम जनमानसमा प्रवाह गर्न सहयोग पुर्याएको बैंकले जनाएको छ ।
बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै विगत ३१ वर्षदेखि देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।






Comments are closed.