टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प सार्वजनिक

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै Tata Motors को नेपालका लागि आधिकारिक वितरक Sipradi Trading Pvt. Ltd. ले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ।

यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ Tata Tiago EV घर लैजान सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त क्याम्पेन मार्च १३, १४ १५, २०२६ मा देशभर सञ्चालन हुनेछ। अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

यस योजनामा ग्राहकहरूले केवल लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्। साथै पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङको सुविधा पाउनेछन्। साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ।

सुरक्षित, आरामदायी आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा पुगेर मार्च १३, १४ १५ का दिन उक्त अफरको लाभ लिन सक्नेछन्।

You might also like

Comments are closed.