माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको निर्माण कार्य सम्पन्नतर्फ उन्मुख भएसँगै विद्युत् उत्पादनको परीक्षण प्रक्रिया सुरु गरिएको आयोजना पक्षले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत् प्रणालीमा जोड्नुअघि प्राविधिक परीक्षण तथा उपकरणहरूको कार्यक्षमता जाँच गर्न परीक्षण उत्पादन सुरु गरिएको हो । परीक्षण अवधिमा टर्बाइन, जेनेरेटर तथा अन्य विद्युतीय उपकरणहरूको कार्यसम्पादन परीक्षण गरिनेछ ।

आयोजनाका अनुसार परीक्षण उत्पादन सफल भएपछि विद्युत् नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । परीक्षण प्रक्रिया केही समयसम्म जारी रहने त्यसपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी रहेको जनाइएको छ ।

नेपालमा जलविद्युत् उत्पादन विस्तार गर्ने सरकारको लक्ष्यअनुसार निर्माण भइरहेका विभिन्न आयोजनामध्ये माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । आयोजना सञ्चालनमा आएपछि देशको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा आपूर्तिमा थप सुदृढता आउने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.