सुनको मूल्यमा गिरावट

काठमाडौं । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन आज बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा प्रतितोलामा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.