काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको अध्यक्षतामा आइतबार बसेको दोश्रो केन्द्रीय कार्य समिति बैठकले पदाधिकारीहरु निर्वाचित गरेको छ । नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन भएको हो । नाडाले २९ सदस्यीय केन्द्रीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरेको हो ।
यस अगाडि अध्यक्षमा सुरेन्द्रकुमार उपे्रती निर्वाचित भइसकेका छन् भने निवर्तमान अध्यक्ष करणकुमार चौधरी छन् । आइतबार भएको निर्वाचनबाट पदाधिकारी सर्वसम्मत चयन भएको छ । संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठक निर्वाचित भएका छन् । संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा छन् ।
साधारण सदस्यहरु मध्येबाट कार्यसमिति सदस्यमा अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह छन् ।
त्यसैगरी नवनिर्वाचित अध्यक्षबाट कार्यसमिति सदस्यमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी मनोनित भएका छन् । त्यसैगरी नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले नाडाका पूर्व अध्यक्षहरुको सम्मानमा एउटा भेटघाट तथा छलफल कार्यक्रम गर्ने भएका छन् ।






Comments are closed.