वाडा अटो शोको तयारी अन्तिम चरणमा

पोखरा । पोखराको लेकसाइडमा यही चैत ११ गते बुधबारबाट ‘वाडा अटो शो’ हुने भएको छ । नाडा प्रेजेन्ट्समा हुने अटो शोको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा वाडा अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

पोखराको लेकसाइड, बाराही खेल मैदानमा हुने शो चैत १५ गतेसम्म उल्नेछ ।

अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने कोइरालाले जानकारी दिए ।

पुराना गाडीहरु अटो शोको विशेष आकर्षण रहने बताइएको छ । रोबोटिक्सहरु पनि प्रदर्शशन गरिनेछ । अटोमोबाइल क्षेत्रमा भएका अत्याधुनिक प्रविधि विकास एवं नव परिवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउन रोबोटहरु प्रर्दशनमा राखिने एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठको अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिने छ ।

प्रख्यात ब्राण्डका सवारी साधनहरु अटो शोमा रहने एशोशिएसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।
केन्द्रमा रहेका अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्नु साथै आन्तरिक पर्यटनमा टेवा पुर्याउने अटो शोको उद्देश्य रहेको अध्यक्ष कोइरालाको भनाई छ ।

You might also like

Comments are closed.