‘वाडा अटो शो’को आज दोस्रो दिन

पोखरा । पोखराको लेकसाइडमा हिजो बुधबारदेखि ‘वाडा अटो शो’ शुरु भएको छ । पोखराको लेकसाइड, बाराही खेल मैदानमा संचालन भएको नाडा प्रेजेन्ट्समा भएको अटो शोको चैत १५ गतेसम्म चल्नेछ ।

शुरुको दिनमा अटोमा शो अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए । अटो शोमा पोखरामा भित्रिएका विभिन्न ब्राण्डका नयाँ गाडी पनि सार्वजनिक गरिएको छ ।

अटो शोमा १६ ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टल छन् ।

पुराना गाडीहरु अटो शोको विशेष आकर्षण बनेका छन् । रोबोटिक्सहरु पनि प्रदर्शन गरिएको छ । अटोमोबाइल क्षेत्रमा भएका अत्याधुनिक प्रविधि विकास एवं नव परिवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउन रोबोटहरु प्रर्दशनमा राखिएको एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठको अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा छन् । प्रख्यात ब्राण्डका सवारी साधनहरु अटो शोमा रहेको एशोशिएसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।

केन्द्रमा रहेका अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्नु साथै आन्तरिक पर्यटनमा टेवा पुर्याउने अटो शोको उद्देश्य रहेको अध्यक्ष कोइरालाको भनाई छ ।

You might also like

Comments are closed.