काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेका छन् । यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूममा उपलब्ध हुनेछ र ग्राहकलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राखेको छ ।
अफरअन्तर्गत, ग्राहकले नगदमा खरिद ८ हजार ३ सय रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेञ्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ । यसमा बजारकै सबैभन्दा कम ४.९९% ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ ।
नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ। त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र
समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउने बताइएको छ ।
डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले अफरवारे भने, ‘नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो। ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं।/






Comments are closed.