काठमाडौं । सोमबारको तुलनामा आज मंगलबार पनि सुनचाँदीकोे मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार ुुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ र प्रतितोला चाँदकिो मूल्य ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।





Comments are closed.