काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ र चाँदी १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८४५ कायम भएको थियो ।






Comments are closed.