काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा युवा व्यवसायी प्रेमहरि मैनालीले उम्मेदवारी दिएका छन् । उनले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।
अध्यक्षका उम्मेदवार दुर्गाराज श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन् । मैनाली नेपाल अधिकृत बिक्रेता संघको अध्यक्ष हुन् ।
उनले बस्तुगत संघसंस्था तथा महासंघको समग्र विकासमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल अधिकृत बिक्रेता संघमा उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए । संघलाई सफल नेतृत्व प्रदान गरिरहेका मैनालीले महासंघमा रहेर सबै बस्तुगत संघहरुको हकहितमा काम गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।
‘बस्तुगत संघहरु र समग्र निजी क्षेत्रको हकहितमा काम गर्नेछु,’ उनले भने ।






Comments are closed.