पेट्रोनास सिएनजी थ्री–व्हीलरको कस्टमर मिट हालै बागलुङमा सम्पन्न भएको छ । पेट्रोनास लुब्रिकेन्ट्स नेपालका लागि आधिकारिक वितरक बतास अर्गनाइनेजसन अन्तर्गतको त्रिथुङ्गा ट्रेडिङ प्रालि र बागलुङ जिल्लाका लागि पेट्रोनास सिएनजी थ्री–व्हीलर सेगमेन्टको डिलर महाशक्ति मोटरसाइकल अटो पार्टस एण्ड वर्कसपको सयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
पेट्रोनास लुब्रिकेन्ट्सका बजार व्यवस्थापक सुरेश बरालले पेट्रोनासको सिएनजी सेगमेन्ट सम्वधी जानकारी प्रस्तुत गरेका थिए भने महाशक्ति मोटरसाइकल अटो पार्टस एण्ड वर्कसपका म्यानेजिङ डाइरेक्टर सोदेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा थ्री–व्हीलर अटो यातायात व्यवसायी, गौरीधाम अटो यातायातका अध्यक्ष प्रविण बोहोरा तथा पञ्चकोट अटो यातायातका अध्यक्ष गोविन्द नेपाली लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा ३५ भन्दा बढी अटो चालक तथा व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रममा एभ्त्च्इल्ब्क् थ्री–व्हीलर लुब्रिकेन्टका विशेषता, फाइदा तथा प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो।






Comments are closed.