काठमाडौं । काठमाडौं । नयाँ वर्षको अवसरमा लक्ष्मी ई-मोबिलिटी प्रालि र जीओ अटोमोबाइल प्रालिले केयी एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ । क्याम्पमा ग्राहकले सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने सुविधा पाउने छन् ।
देशभर रहेका केयी गाडीको सोरुममा चैत २७ गतेदेखि २९ गतेसम्म एक्सचेन्ज क्याम्प संचालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौंमा भने थापाथलीमा रहेको केयी सोरुम ह कार्यक्रम सञ्चालन हुने छ । जहाँ गाडी साटफेरबाहेक लाइभ फुडस्टल, मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन हुने बताइएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म क्याम्प स.चालन हुनेछ ।
यो योजनाअन्तर्गत ग्राहकले नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाटको चार्ज सुविधा र प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको निःशुल्क प्याकेज समावेश गरिएको कम्पनीले जनाएको छ ।






Comments are closed.