काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशकका उपाध्यक्ष प्रेमहरी मैनालीले नीतिगत सुधार, स्वदेशी उत्पादनको गुणस्तर, प्रवर्द्धन, बजारीकरण र प्रयोगमा विशेष जोड दिने बताएका छन् ।
समग्र उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि, व्यवसायिक हक, हित र अधिकारका लागि सम्पूर्ण वस्तुगत संघ संस्था एवं व्यवसायीसँग समन्वय र सहकार्य गरी नव निर्वाचिन कार्यसमिति परिवार एक ढिक्का भएर काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । २०८२ चैत २४ गते हेटौंडामा सम्पन्न ९ औं प्रदेश सभाबाट बस्तुगत समूहतर्फ उपाध्यक्ष पदमा मैनाली विजयी भएका हुन् ।
मैनाली नेपाल वितरक संघका अध्यक्ष समेत हुन् भने उनि विभिन्न संघ संस्थामा आवद्ध सकृय एवं एक अनुभवी व्यावसायिक व्यक्तित्व हुन् । उद्योग, व्यापार एवं वितरण क्षेत्रमा दुई दशक भन्दा बढी लामो व्यावसायिक अनुभव सँगालेका मैनालीको जितले महासंघ बागमती प्रदेशको कार्य सम्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
आफुलाई विश्वास गरेर अमूल्य मत दिने सबै वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै अग्रजहरुको सम्मान, आपसी सहकार्य , सल्लाह र सुुझाव लिएर सधैं व्यावसायिक क्षेत्रको हकहितका लागी सक्रिय रहने मैनालीले बताएका छन् ।







Comments are closed.