काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन आगामी वैसाख २१ र २२ गते हुने भएको छ ।
यस अगाडि चैत २९ र ३० गतेका लागि तय भएको निर्वाचन कार्यक्रम तथा साधारणसभा उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।
शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो साधारण सभा एवं निर्वाचन मिति २०८३ वैशाख २१ र २२ का लागि तय गरेको हो ।
साथै सो बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैसाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।






Comments are closed.