काठमाडौं । बुल मसिनको नेपालका लागि आधिकारिक विक्रेता अटोवेज प्रालिले उत्कृष्ट डिलरको अवार्ड प्राप्त गरेको छ । कम्पनीले २०२५-२६ का लागि ‘बेस्ट डिलर अफ द इयर’ (सार्क क्षेत्र) को प्रतिष्ठित उपाधि हात पारेको हो ।
निर्माण तथा हेभी इक्विपमेन्टको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, बिक्रीपछिको गुणस्तरीय सेवा र उत्कृष्ट बजार व्यवस्थापनका आधारमा अटोवेजलाई यो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गरेपछि अटोवेजका प्रबन्ध निर्देशक नारायण पौडेलले यो सफलता सबै सरोकारवालाहरूको विश्वास र टिमको कडा मेहनतको प्रतिफल भएको बताएका छन् । ‘यो उपलब्धि हामी सबैको गौरवको क्षण हो । हामीमाथि विश्वास गर्ने ग्राहक, समर्पणका साथ काम गर्ने कर्मचारी र सम्पूर्ण सहयोगी हातहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ पौडेलले भनेका छन्, ‘यो उपलब्धि हामी सबैको साझा हो ।’
अटोवेजले नेपालमा सवारी साधन तथा हेभी मेसिनरीहरूको वितरणमा आफ्नो छुट्टै पहिचान बनाएको छ । बुल मसिनका लोडर, ब्याकहोल लोडर लगायतका उपकरणहरू नेपाली बजारमा लोकप्रिय बनिरहेको अटोवेजका सिइओ सन्ध्या पौडेल बताउँछिन् ।






Comments are closed.