एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसद्वारा एक्सपर्ट धनगडी ब्लुजलाई स्वागत

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले एक्स्पर्ट धनगडी ब्लुज टिमलाई स्वागत गरेको छ । पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न आएको एक्स्पर्ट धनगडी ब्लुज टिमलाई त्यसको प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले बिहीबार साँझ पोखरामा स्वागत गरेको हो ।

कार्यक्रममा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराका सञ्चालक रमेश कुमार थापा सहितको टोलीले खादा र माला लगाएर खेलाडी तथा खेल पदाधिकारीलाई स्वागत गरेका थिए ।

एक्स्पर्ट धनगडी ब्लुज टिमको म्यानेजरमा सुबास प्रधान, टिम क्याप्टेनमा दीपेन्द्रसिंह ऐरी सहित खेलाडीहरुमा सन्दीप सुनार, कमलसिंह ऐरी, फिर्दोस अन्सारी, विक्रम ठगुन्ना, सन्दीपबहादुर रजाली, मञ्जित श्रेष्ठ, अरुण ऐरी, सौरभ खनाल, अनिल खरेल, सागर ढकाल, सन्दीप जोरा, सुवेन्दु पाण्डे, विधान श्रेष्ठ, सुरेन्द्र भट्ट छन् ।

त्यस्तै विदेशी खेलाडीहरुमा क्यानडाका थोमस रोड्रिगो र विजेरत्ने श्रीमन्थन एड्रिन र भारतका अमित यादव छन् ।

You might also like

Comments are closed.

Secret Link