कलात्मक महल डिजाईनमा होटल वेगनास बंगलो पुनः संचालन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ बेगनासतालमा होटल वेगनास बंगलो संचालनमा आएको छ । नयाँ वर्ष २०८३ बैशाख १ गते देखि औपचारिक रुपमा संचालन भएको होटल कलात्मक महल निओ क्लासिकल बंगलो डिजाईनमा निर्माण गरिएको हो ।

पन्ध्र वटा मोडर्न डिलक्स कोठामा एसी सहित मिनी बार र तातो चिसो पानीको सुबिधा छ । होटलमा स्विमिङ्ग पुल, ४ वटा कटेज, एसी सहितको पार्टी हल तथा पार्किंगको व्यवस्था रहेको छ । त्यस्तै ग्राहकको इच्छा अनुसार नेपाली खाना, इन्डियन, कन्टिनेन्टल खाजा तथा खानाको सुबिधा रहेको छ ।

कोभिड लगत्तै निर्माण सुरु गरिएको होटल यस अघि पहिलो चरणमा २०८० को असारमा खुलेको थियो । आन्तरिक र बाह्य पर्यटकहरुको आवश्यकता लाई मध्यनजर गरेर दोश्रो चरण पनि सम्पन्न गरेको संचालक राजन रानाभाटले जानकारी दिए ।

होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेका रानाभाटले नेपाल तथा जापानका तारे होटलमा लामो समयको अनुभव बटुलेका छन् । होटल शुभारम्भ भए पछि सबै तिर बाट राम्रो प्रतिक्रिया र हौसला पाएको उनले बताए ।

मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आए संगै साँझ आयोजित कार्यक्रममा मारी भ्लग्स, सन्दिप भण्डारी, डिजे दुरा लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

You might also like

Comments are closed.