चितवन । चितवनका अटो व्यवसायीहरूको आबद्धता रहेको संगठन चितवन अटोमोबाइल्स एसोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्तरूपमा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।
भरतपुरस्थित संस्थाको बैठक कक्षमा आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूको उपस्थिति थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसी र अटोमोबाइल्स सहकारीका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले संयुक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रानाभाटले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै व्यावसायिक हकहित र सहकार्यमा लाग्न व्यवसायीहरुलाई सुझाव दिए
सो अवसरमा संस्थाको नयाँ वर्षको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो । क्यालेन्डर प्रकाशन समितिका संयोजक बाचस कट्टेल, उप–समितिका सदस्यहरू र विज्ञापनदाताहरूलाई उनीहरूको योगदानका लागि धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रममा अटोमोबाइल्स सहकारीका संस्थापक अध्यक्ष, दुवै संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, सञ्चालक समिति सदस्यहरू, विभिन्न उप–समितिका संयोजक तथा सदस्यहरूका साथै कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अटोमोबाइल्स सहकारीका सचिव सुनिल देवकोटाले गरेका थिए ।






Comments are closed.