घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु १ हजार ८ सय र चाँदी रु ११० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे रु पाँच हजार १३० मा कारोबार भएको थियो ।  गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

You might also like

Comments are closed.