चितवन अटो शो २०२६ को प्रवर्द्धनका लागि वैशाख १६ गते मोटरसाइकल र्याली हुने

चितवन । आगामी वैशाख १७ गतेदेखि सुरु हुन लागेको ‘चितवन अटो शो २०२६’ को पूर्वसन्ध्यामा मोटरसाइकल ¥याली हुने भएको छ । अटो शोका संयोजक राजन पियाका अनुसार वैशाख १६ गते आयोजना हुने उक्त ¥यालीले प्रदर्शनीको प्रचारप्रसार गर्नेछ भने जनचेतना जगाउनेछ ।

अटो शोको प्रवर्द्धनका लागि हुन लागेको ¥यालीको प्राविधिक व्यवस्थापन र सहभागिताको जिम्मेवारी हिमालयन राइडर्स र रोयल राइनो राइडर्सलाई दिइएको छ । ¥यालीमा सहभागी हुन चाहने अटोमोबाइल्स पारखी तथा राइडर्सहरूलाई उक्त दिन बिहान ७ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मको समय व्यवस्थापन गर्न  हिमालयन राइडर्सका संयोजक अमृत जोशीले आग्रह गरे ।

चितवन अटोमोबाइल्स एशोसिएसन र चितवन अटोमोबाइल्स डिलर एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शो वैशाख १७ देखि २१ गते (अप्रिल ३० देखि मे ४) सम्म भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्र (दुरसंचार रोड) मा चल्नेछ ।

प्रदर्शनीमा कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर तथा स्पेयर्स पार्टसहरूको स्टलहरू रहनेछन् । भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ र चितवन उद्योग संघले अटो शोको प्रवर्द्धन गरिरहेको छ । मुख्य प्रायोजक महिन्द्रा (अग्नि ग्रुप) रहेको छ भने सह–प्रायोजकमा एमजीले साथ दिएको छ । लुब्रिकेन्ट पार्टनरमा शेल लुब्रिकेन्ट्स जोडिएको छ ।

अटो शोले अटोमोबाइल क्षेत्रको व्यवसायलाई चलायमान बनाउने र उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिने विश्वास आयोजकको छ ।

You might also like

Comments are closed.