नेपाल व्यवस्थापन संघद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटपूूर्व छलफल

काठमाडौं । नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०८३/८४ को बजेटपूूर्व छलफल कार्यक्रम आयोजना गरेको छ । ‘बजेटपूर्व छलफलः समृद्धिको मार्ग’ विषयक छलफल कार्यक्रममा आगामी बजेटमा समावेश गर्नुपर्ने विषयबस्तुका बारेमा बृहत छलफल भएको थियो ।

संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य थिए ।

कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका बिविध विषयलाई समेटेर आगामी बजेटको लागि विभिन्न सुुझावहरु दिएका थिए ।

कार्यक्रममा नेपाल व्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा महासचिव ईन्द्र कुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न सहभागीहरुबाट २०८३/८४ को बजेटको लागि सुुझावहरु संकलन गरिएको थियो भने प्रमुख अतिथि डा. सञ्जय आचार्यले बजेटको लागि विभिन्न सुुझावहरु प्रदान गरेका थिए ।

You might also like

Comments are closed.