अटो शोको प्रवर्द्धनका लागि ‘मोटरसाइकल र्याली’

वैशाख १७ गतेदेखि हुन लागेको ‘चितवन अटो शो २०२६’ को पूर्वसन्ध्यामा मोटरसाइकल र्याली सम्पन्न भएको छ । अटो शोको प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १६ गते बुधबार र्यालीआयोजना गरिएको हो ।

अटो शोको प्रवर्द्धनका लागि आयोजित र्यालीको प्राविधिक व्यवस्थापन र सहभागिताको नेतृत्व हिमालयन राइडर्स र रोयल राइनो राइडर्सले गरेका थिए । र्यालीमा ५० भन्दा बढी मोटरसाइकल सहभागी भएको बताइएको छ ।

‘प्रमोसन र्याली’मा प्राय अटोमोबाइल व्यवसायी र प्रोफेसन राइडर्सहरु सहभागी रहेको हिमालयन राइडर्सका संयोजक अमृत जोशीले जानकारी दिए ।

चितवन एक्स्पो सेन्टर भरतपुरबाट सुरु भएको ¥यालीले जिल्लाका विभिन्न मुख्य चोक र बजारहरूको परिक्रमा गरेको थियो । मालपोत चोक, आप्टारी, पोखरा बसपार्क, पुलचोक, रामपुर, गीतानगर, टाँडी र पर्सा लगायतका ठाउँमा र्याली पुगेको थियो । सौराहा पुगेर दिवाभोजसहित र्यालीसमापन गरिएको संयोजक जोशीले जानकारी दिए ।

You might also like

Comments are closed.