चितवन अटो शोमा आकर्षण बढ्दो, सामाजिक उत्तरदायित्वसहित रक्तदान कार्यक्रम

भरतपुर । चितवनको भरतपुरमा जारी ‘चितवन अटो शो’ मा अवलोकनकर्ताहरूको उत्साहजनक आकर्षण देखिएको छ । भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको अटो शोमा नयाँ मोडलका सवारी साधन र अटोमोबाइल क्षेत्रका नवीन प्रविधि हेर्नेहरूको आकर्षण देखिएको हो ।

मेलालाई व्यावसायिक मात्र नभई सामाजिक सेवाको भावसँग जोड्न शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीका अनुसार बजारमा देखिन सक्ने रगतको अभावलाई कम गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले अटो शोकै अवसरमा रक्तदान आयोजना गरिएको हो ।

गत बिहीबारदेखि जारी अटो शो सोमबारसम्म सञ्चालन हुनेछ । अटो शोको तेस्रो दिनसम्म आइपुग्दा अवलोकनकर्ताको उपस्थिति निकै उत्साहजनक रहेको आयोजकले जनाएको छ ।

तेस्रो दिनसम्मको माहोल र दर्शकको उपस्थितिले आफूहरु उत्साही भएको मेलाका संयोजक राजन पियाले बताए । ‘आइतबार र सोमबार प्रदर्शनीको थप आकर्षण बढ्ने र अवलोकनकर्ताको संख्यामा अझै वृद्धि हुनेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले भने ।

You might also like

Comments are closed.