पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ, सहकार्यसहित भव्य बनाइने

पोखरा । आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्ड भब्य र सभ्य बनाउनका लागि पोखराका पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले पोखराका विभिन्न पर्यटनसम्बन्धी संघ–संस्थासँग गरेको छलफलमा यस्तो सहमति बनेको हो । पोखरा स्पोर्टस अवार्ड संगै अयोजना गरिने स्पोर्टस् कनक्लेभ तथा विभिन्न ९ विद्यामा प्रदान गरिने अवार्डलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सो अवसरमा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रदेशस्तरमै उत्कृष्ट कार्यक्रमका रूपमा स्थापित पोखरा स्पोर्टस् अवार्डले खेल क्षेत्र संगै पोखराको पर्यटनमा समेत ठूलो टेवा पुगेको बताए । पर्यटन परिषदले “टुगेदर फर टुरिजम” भन्ने नारालाई सार्थक बनाउन पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्दै अघि बढ्ने उनले उल्लेख गरे ।

पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले खेल पत्रकारहरुले राज्यले गर्नुपर्ने काम गरेको बताउदै राज्यले समेत खेलाडी र खेल क्षेत्रलाई सम्मान गर्न नसकिरहेको सन्दर्भमा गण्डकी प्रदेशमा रहेका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने गरी आयोजित पोखरा स्पोर्टस अवार्ड प्रदेश स्तरमै उत्कृष्ट कार्य भएको बताए । पर्यटन परिषदका पूर्व अध्यक्ष टीकाराम सापकोटा ले यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन भित्र्याउन सहयोग पुग्ने बताए ।

सबै संघ–संस्थाबीचको सहकार्यबाट मात्र कार्यक्रम सफल हुने बताउदै भट्टराईले पोखरामा रंगशालामा पूर्वाधार बने पनि कार्यक्रम सञ्चालन नहुँदा लगानी खेर जाने भएकाले राज्यलाई सचेत गराउने खालका गतिविधिमा समेत पत्रकारहरुले कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए ।
नेपाल हवाइ खेलकुद संघ नाका पूर्व अध्यक्ष तथा पाटा नेपालका कार्यकारी सदस्य सुनिल भट्टराईले पोखरा स्पोर्टस अवार्डमा पर्यटन क्षेत्रलाई समेटेर लैजाने प्रयासप्रति आभार प्रकट ब्यक्त गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताए ।

नाटाका प्रथम उपाध्यक्ष संगीता पौडेलले पर्यटन प्रवद्र्धनमा व्यवसायीलाई जोड्ने पहल सकारात्मक रहेको उल्लेख गर्दै आफ्नो संस्थाबाट पूर्ण साथ रहने बताइन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष कृष्ण आचार्य ले साहसिक पर्यटन र खेलकुदलाई जोड्न सके कार्यक्रम अझ उत्कृष्ट बन्ने धारणा राख्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पोखरामा प्रदेश स्तरमा आयोजना हुने खेलकुदको कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सहयोग पुग्ने बताउदै आफ्नो संस्थाको तर्फबाट साथ र सहयोग रहने बताए । पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेले खेल क्षेत्रमा कलम चलाउने पत्रकारहरुले खेलाडीहरुको सम्मानका लागि आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै आफ्नो संस्थाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष ममता न्यौपानेले गण्डकी प्रदेशका खेलाडीहरुको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिने कार्यक्रम आफैमा उत्कृष्ट कार्य भएकाले सहकार्य गर्न पाउदा हर्सित भएको बताइन ।

पत्रकारहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको साथ र सहयोगले आफुहरुमा थप हौसला बढेको पोखरा स्पोर्टस अवार्ड कार्यक्रमका आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बताए ।

पोखरा स्पोर्टस् अवार्डलाई खेलकुद र पर्यटनको साझा प्लेटफर्मका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रमको तयारीलाई तीब्र पारिएको उनको भनाइ रहेको थियो ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, फ्रयाङकलिंक एजुकेशन, पोखरा एभेन्जर्स, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला तेक्वान्दो संघ, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्ट्रेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक बहादुर थापा ९पूर्व वडा सदस्य पो।म।न।पा। १०० लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

You might also like

Comments are closed.