काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ९४५ मा किनबेच भएको थियो ।





Comments are closed.