आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १५५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।

 

You might also like

Comments are closed.