विभिन्न फिचरसहित टेक्नो टिपले ले नेपालमा सार्वजनिक गर्यो SPARK 50 4G

काठमाडौं । TECNO ले नयाँ स्मार्टफोन SPARK 50 4G नेपाली बजारमा ल्याएको छ। भरपर्दो ब्याट्री, उत्कृष्ट मनोरञ्जन अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेका उपभोक्तालाई लक्षित यो स्मार्टफोनले शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमत्ता (AI) आधारित सुविधाहरूलाई एउटै प्याकेजमा समेटेको छ। कम्पनीले यसलाई “Power पनि, Stylish पनि!” भन्ने नाराका साथ बजारमा उतारेको हो।

SPARK 50 4G को सबैभन्दा ठूलो आकर्षण यसको विशाल ७०००mAh ब्याट्री हो, जसले एक दिनभन्दा बढी समयसम्म निरन्तर सेवा दिन सक्षम छ। गेमिङ, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा वा सामाजिक सञ्जाल — जुनसुकै काममा व्यस्त रहँदा पनि यो फोनले ब्याट्रीको चिन्ता गर्नु नपर्ने अनुभव दिने बताइएको छ।

दैनिक व्यवहारिक प्रयोगलाई ध्यानमा राखी निर्माण गरिएको यो स्मार्टफोनमा १.८ मिटरसम्मको ड्रप रेसिस्टेन्स र IP64 डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ, जसले आकस्मिक खसाल, पानीका छिटा तथा दैनिक प्रयोगबाट हुन सक्ने क्षतिबाट थप सुरक्षा प्रदान गर्छ।

क्यामेरातर्फ, SPARK 50 4G मा ५०MP AI क्यामेरा सिस्टम राखिएको छ। यसले विभिन्न प्रकाश अवस्थामा पनि तस्बिरको गुणस्तर बुद्धिमानीपूर्वक सुधार गर्दै स्पष्ट पोर्ट्रेट र जीवन्त रङ कैद गर्न सहयोग गर्छ। साथै, ६.७८ इन्चको १२०Hz डिस्प्लेले गेमिङ, भिडियो हेर्ने तथा सोसल मिडिया ब्राउज गर्दा झन् स्मूथ र इमर्सिभ दृश्य अनुभव प्रदान गर्नेे कम्पनीले जनाएको छ।

अडियो अनुभवका लागि DTS प्रविधिद्वारा सञ्चालित स्टेरियो ड्युअल स्पिकर राखिएको छ, जसले चलचित्र, संगीत र गेमिङमा स्पष्ट र समृद्ध ध्वनि अनुभव दिन्छ। कलको क्रममा Active Noise Cancellation ले वरिपरिको अनावश्यक आवाज घटाई स्वच्छ कुराकानी सुनिश्चित गर्छ। यसका अतिरिक्त, बिल्ट-इन AI Assistant ले AI Writing र AI Translation सुविधा प्रदान गरी बहुभाषिक सञ्चारलाई सहज बनाउँछ।

यस फोनमा TECNO को Signal Advantage Technology पनि समावेश गरिएको छ, जसले नेटवर्क कभरेज नपुगेको क्षेत्रमा पनि १.५ किलोमिटरसम्म सञ्चार सहयोग गर्न सक्षम छ।

SPARK 50 4G नेपालभर ६GB RAM + १२८GB ROM भेरियन्टमा रु. २६,९९९ को MRP मा उपलब्ध छ।

 

You might also like

Comments are closed.