काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ ९ल्भय द्यबलपष्लन० युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।
यसअघि यो ब्याज सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ को सुविधा विस्तार गरेको छ। यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।
आकर्षक ब्याजदरस् हाल वार्षिक २.७५% का दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने, स्वचालित ब्याजस् सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने, सरल डिजिटल प्रक्रियास् कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिने लगायतका सुविधा छन् ।
यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ । केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वाकेवाईसी प्रमाणित भई वालेटमा इखभचलष्नजत द्यबबिलअभ रु। १,००० कायम गरेको हुनुपर्नेछ । यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छस पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन्।
प्रयोगकर्ताले खल्ती एपको होम स्क्रिनमा रहेको ुसुपर वालेटु सेक्सनमा गई ‘एप्लाई’ बटनमा ट्याप गरेर सहजै आवेदन दिन सक्नेछन्। आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुनेछ। साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुनः आवेदन दिनु पर्ने छैन।
यस विशेष अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “नेपालको ठूलो जनसङ्ख्या आज पनि औपचारिक बैंकिङ प्रणालीको पहुँचभन्दा बाहिर छ। सुपर वालेटमार्फत हामी यही असमानतालाई सम्बोधन गर्दैछौँ। अब हरेक नेपालीको— चाहे ऊ गाउँको किसान होस्, सहरको साना व्यवसायी होस्, विदेशमा पसिना बगाइरहेको कामदार होस्, वा सानो खर्च गर्ने विद्यार्थी नै किन नहोस्— उसको हरेक रुपैयाँले उसैको लागि काम गर्नेछ। एक विद्यार्थीले समेत आफ्नो सानो रकम कसरी बढ्दै गइरहेको छ भन्ने प्रत्यक्ष अनुभव गर्न सक्नेछ, जसले उनीहरूमा सानै उमेरदेखि बचतको स्वस्थ बानी विकास गराउनेछ। खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन— यो नेपालीहरूलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने एक भ्हउभचष्भलअभ एबितायचm हो। यो खल्तीको व्यावसायिक सफलता मात्र होइन, नेपालको वित्तीय लोकतन्त्रीकरण र वित्तीय साक्षरतातर्फको एक निर्णायक कदम हो।”
आइएमई खल्ती लिमिटेड नेपालको एक अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो, जसले लाखौँ प्रयोगकर्ताहरूलाई भुक्तानी, रेमिट्यान्स र विभिन्न बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको छ। कम्पनीले प्रविधिको प्रयोगमार्फत नेपालीहरूको वित्तीय जीवन सहज बनाउन निरन्तर काम गरिरहेको छ।






Comments are closed.