यती एअरलाईन्सको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । यती एअरलाइन्स लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यति एयरलाइन्सले नेपालमा हवाई सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.