आज सरकारले आर्थिक वर्ष २०८३/८४ ल्याएको छ । नेपालको पहिलो बजेट घोषणा विक्रम सम्बत २००८ मा भएको थियो र यसका आकार ५ करोड २५ लाखको थियो भने बहुदलको घोषणा भएपछि २०४८/४९ मा २६ अर्ब ६४ करोडको बजेट आएको थियो । पहिलो बजेट घोषणा भएको ७५ वर्षमा आज आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ ।
अहिलेको बजेटले ४ प्रमुख नाराको व्यवस्था गरेको छ ।
१. सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने सामाजिक सुरक्षा सम्बन्धि नारा
२. एक नागरिक एक डिजिटल प्रोफाइल भन्ने डिजिटल पहिचान सम्बन्धी नारा
३. सफा सौचालय अभियान र
४. धुलो रा खाल्डो मुक्त काठमाडौं ।
बजेटका केही मुख्य अंशहरु निम्न बमोजिम छन् ।
१. बजेटको आकार

२. बजेटको लक्ष्य ː
आर्थिक बृद्धि ७ प्रतिशत र मुद्रास्फिति ६ प्रतिशत ।
बजेटको श्रोत : राजश्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, बैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र ऋणबाट ६ खर्ब ५७ अर्ब २९ करोड । ऋणमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋण र ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिने लक्ष्य छ ।
३. बजेटका मुख्य बुँदाहरु



बजेटले धेरै क्षेत्रहरुलाई समेट्न खोजिएको छ । यद्यपि, यसपाली पनि ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिइएकाले र पुंजिगत खर्चमा जम्मा ५.१८ प्रतिशतको मात्रै बृद्धि गरिएकोले यो लक्ष्य हांसिल गर्न चुनौति हुनेछ जस्तो लाग्छ यद्यपि लगानीको बातावरण राम्रो बन्दै जाओस् । एकपटकको नेपाली संधैको नेपाली भन्ने नाराले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आकर्षित गरेतापनि नेपालीहरुलाई विदेशमा लगानी गर्न पनि सहज गरिंदा ती उद्यमीहरुले नेपालमा गर्ने लगानीको प्रतिफलको सुनिश्चिता हुन सकेन भने उनीहरुले आफ्नो लगानी अन्तर्राष्ट्रिय बजारमा गर्न सम्भावना रहन सक्छ जसले गर्दा पुुुंजी पलायन हुनसक्न जोखिम पनि हुनसक्छ भनेर सरोकारवाला चनाखो हुनु आवश्यक छ ।
नेपालले सन् १९८४ मा ९.६८ प्रतिशतको आर्थिक बृद्धि हांसिल गरेको थियो भने त्यसपछि २०१७ मा ८.९८ प्रतिशत, १९८१ मा ८.३४ प्रतिशत, १९८४ मा ८.२२ प्रतिशत, १९८८ मा ७.७ प्रतिशत, २०१८ मा ७.६२ प्रतिशत, १९६४ मा ७.५३ प्रतिशत, र १९६४ मा ७.०४ प्रतिशतको आर्थिक बृद्धि हांसिल गर्न सफल भएको थियो भने अन्य विभिन्न ६ पटक ६ देखि ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न सफल भएको छ ।
यसपाली समग्रमा बजेटले धेरै कुराहरु समेट्न खोजेको छ । बजेटको सफल कार्यान्यवनको लागि शुभकामना व्यक्त गर्दछु ।
(लेखक डा. मल्ल रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।)







Comments are closed.