काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंका अनुसार आज सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो ।
गत शुक्रबार २ लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य ५ हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी ५ हजार ४० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रासस







Comments are closed.