नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको वरिष्ठ उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ सर्वसम्मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको वरिष्ठ उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । संघको आइतबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

यस अघि संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा उनीसहित ३ जना निर्वाचित भएकोमा तीमध्ये एक जनालाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने विधानको व्यवस्था छ । उपाध्यक्षहरुमा राजेन्द्र शेरचन र उज्ज्वल जंग शाह रहनेछन् ।

जेठ ९ गते सम्पन्न अधिवेशनले रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचन गरेको छ ।

You might also like

Comments are closed.