काठमाडौं । भृकुटीमण्डपमा आगामी जेठ २२ देखि २५ गतेसम्म (५-८ जुन २०२६) फिन इलेक्ट्रो-टेक २०२६’ को १३ औं संस्करण आयोजना हुने भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघ ९ँभ्भ्ल्० को आयोजनामा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा यो वृहत् प्रदर्शनी हुनेछ।
‘फिन इलेक्ट्रो-टेक सन् १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी हो। यस वर्षको प्रदर्शनी ‘ट्रान्सवेल्ड ट्रान्सफर्मर’ द्वारा प्रायोजित रहेको छ।
महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, प्रदर्शनीको मुख्य उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासमा टेवा पुर्याउनु, स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता, वितरक र उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरहरूको आदान-प्रदान गर्नु हो। नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण र डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा, सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रदर्शनीले प्राथमिकता दिने बताइएको छ।
विद्युतीय सवारी साधनको प्रवर्द्धन र नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिने राष्ट्रिय आवश्यकता र आर्थिक वर्ष २०८३/८४ को बजेटका नीतिगत प्राथमिकताहरूसँग मेल खाने गरी यस प्रदर्शनीको आयोजना गरिएको महासंघले जनाएको छ।
यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक र प्रविधि प्रदायकहरूको उल्लेख्य सहभागिता रहनेछ। प्रदर्शनीमा ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि र इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्रान्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा र अत्याधुनिक प्रविधिहरू प्रस्तुत गर्नेछन्। सहभागी स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूमा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटव्हाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्र्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर आदि रहेका छन्।
प्रदर्शनी अवधीभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट B2B Meetings, उत्पादन प्रदर्शन र प्रविधि प्रस्तुतीकरणहरू सञ्चालन गरिनेछन्। यसबाट उद्योगी(व्यवसायी, इन्जिनियर, प्राविधिक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्। उपभोक्ताहरूका लागि एकै स्थलमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू अवलोकन गर्न र जानकारी लिन उत्कृष्ट अवसर हुनेछ।
प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निस्शुल्क गरिएको छ। तर, आगन्तुकहरूले अनिवार्य रूपमा त्तच् वा दर्ता लिङ्क मार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ। महासंघले यस प्रदर्शनीमा नेपालभरबाट २५,००० भन्दा बढी आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरेको छ। महासंघका अध्यक्ष दिलीप कुमार अग्रवाल संयोजक रहेको आयोजक समितिले प्रदर्शनीको सफल आयोजनाका लागि सहयोग पुर्याउने नेपाल सरकार र सम्पूर्ण सरोकारवाला प्रति आभार व्यक्त गरेको छ।







Comments are closed.