एक्सपेङको क्युवान २०२६ प्रर्दशन, विभिन्न देशमा नंवर वान इर्मजिङ चाइनिड इभी बन्न सफल

काठमाडौं । अत्याधुनिक प्रविधिद्वारा संचालित XPENG ले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ । XPENG ले डेनमार्क, पोर्चुगल, आयरल्याण्ड लगायतका देशमा Emerging Chinese EV brand अन्तर्गत बिक्रीमा नम्बर १ हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको  बताइएको छ ।

यस सफलताको अग्रभागमा रहेको XPENG G6 ले स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको  र को प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको कम्पनीले जनाएको छ ।

XPENG नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा XPENG G6 सार्वजनिक गरेको थियो। सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट EV प्रति बढ्दो रुचि देखाएको थियो। नेपालमा EV को माग बढ्दै जाँदा, XPENG नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको छ ।

 

 

You might also like

Comments are closed.